मध्य राती सपनिमा आउनी तिमी को नि
मेरो म मन्दिरमा छाउनी तिमी को हो नि ?
सपनिमा मात्रै आउछौ किन होल किन
विपनिमा तिम्रो यदले सताउछ झन ।
अर्को पटी कोल्टे फेर्दा तिमीलाई भेट हुने
सपनी मै कुरा हुने सपनी मै छुट्ने .
कतिन्जेल तिमीले मलाई सपनिमा भेट्छो
त्यो जीवनमा फुल रोपी वास्ना कहीले दिन्छउ
सपनिमा हैन तिमी विपनिमा आउने गर
गुलाफ जस्तो तिम्रो मुहारमा खुशीयाली भर्न सिक
आखिरीमा जीवन त फुल जस्तै हो नि ।
हिजो कोपिल आज फुली भोली ओलिन्छ नि ।।
दुई दिनको जिन्दगीमा गर हास खेल
अब देखी तिमीले मालाई विपनि मै भेट ।
Total Pageviews
Tuesday, December 7, 2010
Monday, December 6, 2010
तेस्रो गजल
देउरालीमा पर्खि बस्नु सानु मै धाएर आउँला
दुनियाँको पापी नजर छलाएर आउँला ।
भोली जे जे जसो होला दुबै मिली मिलाउला
बिरानो त्यो परदेशमा साथै साथै रमाउला ।
यात्रा रहेछ जिन्दगी यो दुबै मिली चलाउला
दुनियाँको नजरमा हासी खुशी जीवन चलाउला ।
माया सित माया गासी दुबै मिली लगाउला
देउरालीलाई साक्षी राखी जुनी जुनी नछुटिने कसम खाउला ।
देउरालीमा पर्खि बस्नु सानु मै धाएर आउँला
दुनियाँको पापी नजर छलाएर आउँला । ।

Sunday, December 5, 2010
दोस्रो गजल
धेरै लाग्दो रहेनछ, सम्बन्ध यो बिग्रनलाई ।
अब तिमी पर्दैन भो दोबाटोमा पर्खनलाई
कुन बगैचामा सरेउ तिमी फुल भई फर्क्रनलाई ।
कसलाई दियौ हात तिम्ले म बाट छुटनलाई
यता वामे सर्दा सर्दै उता गई उफ्रनलाई ।
कोपिलानै मारी गयौ, नपाउदै फक्रनलाई
किन तिम्ले सुर कसेउ, पूर्व पश्चिम फक्रनलाई ।
धेरै लाग्दो रहेनछ, सम्बन्ध यो बिग्रनलाई ।
धेरै लाग्दो रहेनछ, सम्बन्ध यो बिग्रनलाई ।।

पहिलो गजल
एकदेसको कथा भयो गुन्यु अनी चोलीहरु
ईतिहासको पाना भित्र बिभुतिका बोलिहरु ।
कपि बोक्ने पिठुमा बन्दुकका गोलिहरु
कहिलेसम्म खेलिने हुन, रगतका होलिहरु ।
सुहागरात नबिताउदै चढनु पर्यो फेरी अर्को डोलिहरु
दम्पतिको आँखा भित्र आसुका त्यो खोलिहरु ।
कहिले भरिने हुन ति पापीका रगत बोक्ने झोलीहरु
सान्ती सान्ती बनी रने बुद्धका ति बोलिहरु ।
एकदेसको कथा भयो गुन्यु अनी चोलीहरु
ईतिहासको पाना भित्र बिभुतिका बोलिहरु ।।

Thursday, December 2, 2010
गजल
तिमीलाई भेट्न घरी घरी तिम्रै करेसो धाको छु
तिम्रो आमा बाउको पापी नजर छली छली आको छु ।
चौतारीमा आउछौ भनी तिम्रै बाटो हेरी बसे
भोक प्यास सबै भुली तिम्रै फोटो हेरी रहे ।
बिहानको सिरेटोमा तिम्रो न्यानो काख मागे
यो मन भित्र प्यास लाग्दा, तिम्रो दिलको मुहान रोजे ।
छकाउन माहिर रईछौ, मायाको यो जाल बुनी
पल्काउन खपिस रईछौ, आँखाको त्यो तिर हानी ।
नसालु त्यो तिम्रो हेराई, घरी घरी नाच्ने नानी
शहर बजार डुली डुली, भाउ खोज्दै हिड्नी बानी ।

Subscribe to:
Posts (Atom)