Total Pageviews

Thursday, December 2, 2010

गजल

तिमीलाई भेट्न घरी घरी तिम्रै करेसो धाको छु
तिम्रो आमा बाउको पापी नजर छली छली आको छु ।


चौतारीमा आउछौ भनी तिम्रै बाटो हेरी बसे
भोक प्यास सबै भुली तिम्रै फोटो हेरी रहे ।


बिहानको सिरेटोमा तिम्रो न्यानो काख मागे
यो मन भित्र प्यास लाग्दा, तिम्रो दिलको मुहान रोजे ।


छकाउन माहिर रईछौ, मायाको यो जाल बुनी
पल्काउन खपिस रईछौ, आँखाको त्यो तिर हानी ।


 नसालु त्यो तिम्रो हेराई, घरी घरी नाच्ने नानी
शहर बजार डुली डुली, भाउ खोज्दै हिड्नी बानी ।

No comments:

Post a Comment