Total Pageviews

Monday, December 6, 2010

तेस्रो गजल

देउरालीमा पर्खि बस्नु सानु मै धाएर आउँला
दुनियाँको पापी नजर छलाएर आउँला ।

भोली जे जे जसो होला दुबै मिली मिलाउला
बिरानो त्यो परदेशमा साथै साथै रमाउला ।

यात्रा रहेछ जिन्दगी यो दुबै मिली चलाउला
दुनियाँको नजरमा हासी खुशी जीवन चलाउला ।

माया सित माया गासी दुबै मिली लगाउला
देउरालीलाई साक्षी राखी जुनी जुनी नछुटिने कसम खाउला ।  



देउरालीमा पर्खि बस्नु सानु मै धाएर आउँला
दुनियाँको पापी नजर छलाएर आउँला । ।

No comments:

Post a Comment