एकदेसको कथा भयो गुन्यु अनी चोलीहरु
ईतिहासको पाना भित्र बिभुतिका बोलिहरु ।
कपि बोक्ने पिठुमा बन्दुकका गोलिहरु
कहिलेसम्म खेलिने हुन, रगतका होलिहरु ।
सुहागरात नबिताउदै चढनु पर्यो फेरी अर्को डोलिहरु
दम्पतिको आँखा भित्र आसुका त्यो खोलिहरु ।
कहिले भरिने हुन ति पापीका रगत बोक्ने झोलीहरु
सान्ती सान्ती बनी रने बुद्धका ति बोलिहरु ।
एकदेसको कथा भयो गुन्यु अनी चोलीहरु
ईतिहासको पाना भित्र बिभुतिका बोलिहरु ।।
No comments:
Post a Comment